पोखरा । सामाजिक सञ्जाल एप टिकटक अमेरिकामा प्रतिबन्ध लागू हुनुभन्दा पहिले नै बन्द भएको छ । चिनियाँ कम्पनीले सञ्चालन गरेको सामाजिक सञ्जाल टिकटकलाई सूचना नै जारी गरी अमरिकन एप्लिकेसनमा नचल्ने बनाइएको छ ।

छोटा भिडियोका लागि चर्चित टिकटकको चिनियाँ स्वामित्व ६ महिनाभित्र बिक्री नगरे प्रतिबन्ध हुने गरी अमेरिकाको ‘हाउस अफ रिप्रिजेन्टेटिभ’मा विधेयक पारित भएको थियो । तर, यसविरुद्ध अमेरिकी अदालतलमा मुद्दा समेत परेको थियो । यद्यपि, पछिल्लो समय अदालतले प्रतिबन्धको निर्णय सदर गरिदिएपछि टिकटकले सूचना जारी गरेर अमेरिकामा सेवा बन्द गरेको हो । अमेरिकाले टिकटक बन्द गर्नु पछाडि राष्ट्रिय सुरक्षामा चुनौतिलाई कारण देखाएको थियो ।

अमेरिकी प्रयोगकर्ताहरूले टिकटक खोल्दा ‘तपाईं अहिले टिकटक प्रयोग गर्न सक्नुहुन्न’ भन्ने सन्देश देखिन्छ । यसको पछाडि एपले प्रतिबन्ध लगाउने अमेरिकी कानूनलाई उद्धृत गरेको छ । राष्ट्रपतिका रुपमा पदभार ग्रहण गर्नुअघि ट्रम्पले टिकटकलाई थप ९० दिन समय दिनसक्ने बताएका थिए । सोमबारबाट उनले जिम्मेवारी सम्हाल्दैछन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *