


पोखरा । फिल्म ‘वसन्त’ मा समावेश गरिएको गीत ‘साँझ पर्यो झमक्क’ यूट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लिएको छ । गत पुस २७ गते शनिबार सार्वजानिक गरिएको उक्त गीत यो समाचार तयार पार्द सम्म २८ लाख पटक भन्दा बढी हेरिएको छ ।
यूट्युब ट्रेन्डिङको म्युजिक सेक्सन तर्फको शीर्ष स्थानमा उक्लिएको हो । गायक, अभिनेता तथा निर्देशक समेत रहेका सपुतले नै शब्द रचना र संगीत तयार पारेको गीतको अडियो र भिडियो दुवै पक्ष अब्बल रहेको प्रतिक्रिया पाइरहेको छ । सार्वजनिक गीतमा गायनमा सपुतलाई पछिल्लो समयकी चर्चित गायिका शान्तिश्री परियारले साथ दिएकी छन् ।


गीतप्रति दर्शकको चासो बढ्नुका साथै लोकेसन, कोरियोग्राफी, मौलिक गायनशैली मान्न सकिन्छ । गायक तथा अभिनेता प्रकाश सपुतकै लेखन तथा निर्देशन रहेको सिनेमामा स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको पनि अभिनय रहेको छ ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले भन्ने छ । फिल्म चैत २२ गते प्रर्दशनमा आउनेछ ।
