लुम्बिनी विकास कोष र लुम्बिनी केबलकार लि.बुटवलबीच पर्यटन प्रवर्द्धनका लागि सम्झौता भएको छ ।
सम्झौता पत्रमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य र लुम्बिनी केबलकारका अपरेसन म्यानेजसर डिएन कायस्थले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार लुम्बिनी भ्रमणमा आउने स्वदेशी तथा विदेशी अति विशिष्ट (भीभीआईपी) पाहुनालाई लुम्बिनी केबलकारले केबलकारमार्फत पाल्पाको बसन्तपुर हिल स्टेशन भ्रमण गराउने भएको छ।
यस्तै लुम्बिनी विकास कोषका पदाधिकारी, कर्मचारी र लुम्बिनी घुम्न आएका पर्यटकलाई केबलकारको टिकट दरमा २० प्रतिशत छुट दिने सम्झौता भएको छ ।