वर्ष २०८२ – ३७ लाखले हेरे नेपाली फिल्म
सन्तोष सुवेदी,पोखरा । २०८२ सालमा ५६ वटा नेपाली चलचित्र प्रदर्शनमा आए । विगतका वर्षहरुमा भन्दा प्रदर्शनको हिसाबले नेपाली चलचित्र कम हो । चलचित्र विकास बोर्डले सार्वजानिक गरेको तथ्यांक अनुसार २३० वटा चलचित्र दर्ता भएपनि ९४ वटामात्रै चलचित्रले सेन्सर सिफारिस प्राप्त गरेका छन् । नेपाली चलचित्र हेर्ने दर्शकको संख्या ३७ लाख ८१ हजार ५ सय ४४ रहेको बोर्डले जनाएको छ । सबैभन्दा बढी टिकट ‘परान’ को बिक्री भएको छ । यसको कुल कमाइ भने १७ करोड ७६ लाख ग्रस छ । यो नै यस वर्षको सर्वाधिक कमाउने स्वदेशी फिल्म हो । दोस्रोमा ‘आ बाट आमा’ ले १३ करोड १३ लाख ग्रस…