पोखरा । गायक तथा अभिनेता प्रकाश सपुतको चलचित्र ‘वसन्त’को नयाँ पोस्टर सार्वजनिक भएको छ । फागु पूर्णिमाको अवसरमा चलचित्रका मुख्य कलाकार प्रकाश र अभिनेत्री स्वस्तिमा खड्कालाई फिचर्ड गर्दै प्रेमिल पोस्टर सार्वजनिक गरिएको छ ।

पोस्टर सार्वजनिक गर्दै निर्देशक सपुतले लेखेका छन्, ‘जसरी प्रकृतिका विभिन्न रंगहरू समेटेर वसन्त ऋतु आएको छ, त्यसरी नै समाजका विभिन्न रंगहरू समेटेर ‘वसन्त’ तयार भएको छ । ती रंगहरूमध्ये सबैभन्दा सुन्दर रंग हो प्रेमको रंग । ‘वसन्त’ एउटा सुन्दर प्रेमको रंगले बनेको छ । वसन्त ऋतुमा फुल्ने लालीगुराँस जस्तै रंगिन पर्व फागु पर्वको शुभकामना ।’

चैत्र २२ गतेबाट नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउने चलचित्रमा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *