


पोखरा । अभिनेता विराज भट्ट लामो समयपछि बाहिरी व्यानरमा अनुबन्धित भएका छन् । ८ वर्षअघि प्रदर्शनमा आएको चलचित्र ‘जय पर्शुराम’ यता उनले कुनै बाहिरी व्यानरमा काम गरेनन् । यो बीचमा उनले आफ्नो होमप्रोडक्सनबाट ‘साङ्लो र १२ गाउँ’ निर्माण र अभिनय गरे ।
यति खेर भट्ट होम प्रोडक्सन भन्दा बाहिरको फिल्म ‘राम नाम सत्य’ मा अनुबन्धित भएका छन् । १२ गाउँको सिक्वेललाई पछि सार्दै उनी उक्त फिल्मका लागि अनुबन्धित बनेका हुन् । एक्सन प्रधान उक्त फिल्मलाई माइकल चन्दले निर्देशन गर्दैछन् ।


माइकलले यसअघि थुप्रै म्युजिक भिडियोहरु निर्देशन गरिसकेका छन् भने ठूलो पर्दाको लागि उनको यो पहिलो निर्देशन रहनेछ । फिल्ममा विराज भट्ट प्रमुख भुमिकामा देखिदैछन् । फिल्मको छायांकन अर्को वर्षदेखि सुरु हुने जनाइएको छ ।
