


पोखरा ।आगामी चैत ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘१११:५५’ को ट्रेलर सार्वजनिक गरिएको छ । साढे तीन मिनेट लम्बाईको ट्रेलरमा विवाहेत्तर सम्बन्ध र सम्पत्तिका लागि भएको धोका, षड्यन्त्र र अपराधलाई केन्द्रमा राखिएको छ । फिल्मको कथा मध्यराति ११ः५५ बजे घटेको एउटा घटनामा केन्द्रित रहेको ट्रेलरले प्रष्ट पार्छ ।
केशव पाण्डेको कथा तथा निर्देशन रहेको फिल्ममा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, सागर खनाल, बुद्धि तामाङ, विशाल पहारी, एमएस अग्रज लगायतको अभिनय छ । सृष्टि र महेश श्रीमान्(श्रीमतीको भूमिकामा छन् । तर, दुवैको एक्स्ट्रा म्यारिटल अफेयर चलेको ट्रेलरमा देखाइएको छ । ट्रेलरले फिल्मप्रति दर्शकमा उत्सुकता बढाउन सक्ने देखिन्छ ।
