काठमाडौं । जनैपूर्णिमा साउन २३ गतेदेखि प्रदर्शनमा आउने सिनेमा ‘सिटामोल’ को ट्रेलर सार्वजनिक गरिएको छ । ३ मिनेट २० सेकेण्ड लामो ट्रेलरमा हल्का शैलीको कमेडी, सटिक संवाद र सामाजिक व्यङ्ग्यले भरिएको छ ।

सिनेमामा सामाजिक सन्देशलाई हास्यरसको माध्यमबाट प्रस्तुत गर्ने प्रयास गरिएको छ, जसले दर्शकलाई हँसाउँदै सोच्न पनि बाध्य पार्ने संकेत ट्रेलरले दिएको छ । पात्रहरूले बोलेका संवाद, तिखा कटाक्ष र सरल तर गम्भीर प्रसंगहरूले ट्रेलरलाई प्रभावशाली बनाएको छ । ट्रेलरमा सौगात मल्ल र बेनिशा हमाल अनुभवी कलाकारको दमदार अभिनय झल्किन्छ । उनीहरूको सहज अभिनयले ट्रेलरलाई अझ आकर्षक बनाएको छ ।

राज बहादुर साने निर्देशित सिनेमामा सौगात मल्ल र बेनिशा हमालसहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ । श्री कृष्ण र जानुकाले यही सिनेमाबाट नेपाली रजतपटमा डेव्यु गरेका हुन् ।

तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको सिनेमाको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुती रहेको सिनेमामा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सहनिर्मातामा छन् ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *