पोखरा । चलचित्र ‘बलिदान’ को एक नारी पात्रको लुक्स सार्वजनिक गरिएको छ । यस पात्रमा नवनायिका कविता रायले अभिनय गरेकी छन् ।

उनको अनुहार र हातमा रगत लागेको छ । हातमा बन्दुकको ब्यारेल समातेको देखिन्छ, जसले प्रतिरोध र बदला लिने भाव प्रकट गरेको छ । उनको एक आँखा मात्र स्पष्ट देखिने गरी फ्रेम गरिएको छ ।

चलचित्रका निर्देशक सन्तोष सेनले ‘बलिदान’ राज्यको मूलधारबाट किनारिएको एउटा वर्ग र त्यो वर्गको वस्तुस्थिति काल्पनिक रूपमा नेपालको यथार्थसँग मेल खाने किसिमले तयार पारेको बताएका छन्। जुन वर्गलाई उनले यस चलचित्रमा ‘भिल्ला’ वर्ग नाम दिएका छन् र त्यो समुदाय बस्ने स्थानलाई ‘भिल्लमगढ’ नामाकरण गरेका छन् । सो वर्ग नेपालको तराई क्षेत्रका समुदायसँग मिल्दोजुल्दो छ ।

चलचित्रमा अभिनेता समीर भट्ट प्रमुख भूमिकामा छन् । साथै चलचित्रमा कलाकारहरू सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *