पोखरा । फिल्म ‘भुठान’को नयाँ गीत ‘कागजको खोस्टो’ सार्वजनिक भएको छ । पुष्पन प्रधानको स्वर, नवराज पराजुलीको शब्द र वाचन, रिदम कँडेलको संगीतमा तयार भएको यो गीतले घर फर्कन नपाएको परदेशीको व्यथालाई बोलेको छ । कागजको एउटा खोस्टोका कारण घर फर्किन नपाएको पीडा गीतमा छ । गीतको भिडियोमा मुख्य कलाकार हरिवंश आचार्यको अभिनय छ ।

फिल्ममा अनुराधा मजुमदार, पूजा चन्द, ऋचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदीको साथमा हलिउडका चर्चित कलाकार ब्रुस डर्नको विशेष भूमिका छ । हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको यो फिल्ममा केही हलिउडका केही प्राविधिकहरूले काम गरेका छन् ।

यो फिल्मले भुटानदेखि भारत, नेपाल हुँदै अमेरिकाका बसोबास गरिरहेका भुटानीहरुको देश प्रेम र आफ्नो देश छोड्नु पर्दाको पीडा फिल्ममा देखाइएको छ । विनोद पौडेलको फिल्मको निर्देशन गरेका हुन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *