


पोखरा । एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिस पोखराको ब्रान्च म्यानेजरको रुपमा सलि देवान नियुक्त भएका छन् । लामो समय एक्पोटमा काम गर्दै आएका देवानको काम र दक्षताको आधारमा म्यानेजरमा नियुक्त गरिएको हो । नयाँ भूमिका पाएका देवानले एक्सपर्टलाइ शैक्षिक क्षेत्रमा अझै राम्रो बनाउदै लैजाने बताए ।
अहिले एक्सपर्टले विश्वका १६ देशमा ६० भन्दा बढी शाखा कार्यालयबाट शैक्षिक परामर्श सेवा दिँदै आइरहेको छ । एक्सपर्टले हाल अस्ट्रेलियासँगै क्यानडा, युके, युएसए, न्युजिल्यान्डलगायत देशमा विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि परामर्श दिँदै आइरहेको जनाएको छ ।
