पोखरा । ‘आठौं संस्करणको राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता –२०८१’ को उपाधि बागलुङ टीमले जितेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आयोजनामा भरतपुरमा भएको दोहोरी प्रतियोगितामा ४२ टोलीलाई उछिन्दै दोहोरी गीत प्रतिष्ठान बागलुङ सर्वोत्कृष्ट भएको हो । बागलुङको तर्फबाट सुमन खड्का र तारा थापाले विजेताभएसँगै तीन लाख रुपैयाँ, राष्ट्रिय रनिङ शिल्ड, पदक र प्रमाणपत्र प्राप्त गरे ।

दोहोरी प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा दोहोरी गीत प्रतिष्ठान बाग्लुङ र दोहोरी गीत प्रतिष्ठान म्याग्दीबीच कडा प्रतिस्पर्धा भएको थियो । म्याग्दीका निशान्त विक र सपना रोका उपविजेता बनेसँगै दुई लाख, ट्रफी र पदक प्राप्त गरे । चितवन र नवलपुर क्रमश तृतीय र सान्त्वना हुँदै एक लाख र ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतियोगी कलाकारमध्येबाट उत्कृष्ट गायक राजु लामिछाने र उत्कृष्ट गायिका शर्मिला गुरुङ बने । यस्तै, अनुशासित गायक र गायिका दिलिप थापा मगर र सुष्मा ठकुरी बने ।
फागुन १७ गतेबाट सञ्चालित खुला दोहोरी गीत प्रतियोगिताको पुरस्कार भरपुर महानगरपालिका मेयर रेणु दाहालले लगायत अन्य विशिष्ट व्यक्तिहरुबाट प्रदान गरिएको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *