यही सेप्टेम्बर अन्तिम साता यूएईमा हुने नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कप टी-२०आई शृंखलाका लागि नेपालको अन्तिम टोली घोषणा भएको छ ।
टोलीमा आदिल अन्सारी र सन्दीप जोराले पुनरागमन गरेका छन् । आदिल सन् २०२२ पछि पहिलोपटक राष्ट्रिय टोलीमा पर्दा जोरा २०२४ को टी-२० विश्वकपपछि पहिलोपटक टोलीमा परेका हुन् ।
दुवैले भारतको आसाममा भएको ५ खेलको टी२० शृंखलामा नेपाल ए बाट राम्रो प्रदर्शन गरेका थिए ।
घोषित टोलीमा रोहितकुमार पौडेल कप्तान र दीपेन्द्र सिंह ऐरी उपकप्तान छन् ।