पोखरा । लोक तथा दोहोरी गायक राजेन्द्र सापकोटाले दोहोरी गीत ‘उठ्ने बेलाको’ बोलको मौलिक दोहोरी गीत बजारमा ल्याएका छन् । गीतले छोटो समयमा दर्शकश्रोताको मन जित्ने क्रममा छ ।

सापकोटालाई गीतमा चर्चित गायिका देवि घर्तिमगरले स्वरमा साथ दिएकी छन् । गीतमा सापकोटाको संगीत र प्रल्हाद सुवेदीको शब्द सिर्जना रहेको छ ।
गत बुधबार गायक राजेन्द्र सापकोटाले आफ्नै युट्युबबाट उक्त गीतको म्युजिक भिडिओ सार्वजनिक गरेको हुन् ।

म्युजिक भिडियोलाई कुमार केसीले निर्देशन गरेका छन् भने अमृत चापागाईंले सम्पादन गरेका हुन् । भिडियोमा विवश ठकुरी र सीता घिमिरेले स्क्रिन शेयर गरेका छन् ।
सापकोटाले यसअघि ‘सोच आँखा बन्द गरेर, पिरती मिसाउनी, जवानीमा धक्का, हैन भन्नीलाई’ लगायतका गीत लोकप्रिय छन् ।

भिडियो

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *