पोखरा । हाँस्य कलाकार तथा अभिनेता हरिवंश आचार्यले चलचित्रमा अभिनय गर्दा ओर्कसप नगरी काम गरेको बताएका छन् । उनले चलचित्र जीवनका लामो कालखण्डमा प्रदर्शनरत तयारी रहेको ‘भुठान’ चलचित्रमा पहिलो पटक ओर्कसप गरेर काम गरेको सुनाए ।

पोखरामा चलेको १२ औं लिटरेचर फेस्टिभलमा ‘हरिवंशको भुठान यात्रा’ सेसनमा आचार्यले उक्त कुरा सुनाएका हुन् । ‘‘चलचित्रका निर्देशक विनोद पौडेलसँग अमेरिकामा भेट भयो । त्यहाँ रहेको युवापुस्ताले ओर्कसपमा सिकाउने भनेरपछि युवा जगतले अमेरिकमा के कुरा सिकेका रहेछन त भन्ने कौतुहता भयो । उहाँहरुसँग ९ दिन ओर्कसपमा बसेर धेरै कुरा सिक्न पाएँ । त्यो समय चलचित्रको कथामा चुर्लुम्म डुबेको थिएँ,’’ उनले सुनाए ।

आचार्यले चलचित्रको कथा सुरुमा बुझ्न गाह्रो भएको बताए । ‘‘कथा २÷३ पटकसम्म पढ्दा पनि बुझ्न गाह्रो भयो । कथा भित्र म अटाउन सक्छु कि सक्दिन भन्ने भयो, यदी यो चरित्र निभाउन सके भने अर्को स्थान बनाउन सक्छु भन्ने आँट पनि पलाएर आयो,’’ उनले भने । उनले भुठान चलचित्रको लागि ४ महिना दारी र कपाल पालेको सुनाए । कपाल सेतो बनाउन समय लागेको र डिसेम्बर महिनामा अमेरिका सुटिङ गर्न निकै गाह्रो भएको अनुभव उनले सुनाए । ‘‘निकै गठिन र गहन विषयवस्तु उठान गरिएको छ । हरेक चलचित्रको पात्र अनुसार च्यालेन्ज हुन्छ, यो अर्को गरुङ्गो च्यालेन्ज थपिएको छ,’’ उनले भने ।

उक्त सेसनको अर्का वक्ता भुठान चलचित्रका निर्देशक विनोद पौडेलले अस्तित्व हराएको व्यक्तिको चरित्रमा आधारित चलचित्र रहेको बताए । ‘‘यो चलचित्र देश छोडेर सरणार्थी भएर अर्काको देशमा वस्नुपरेको व्यक्तिको कथा हो । चलचित्रको कथा लेख्न झण्डै ३ वर्ष लागेको थियो । सुरुमा अंग्रेजी भाषामा बनाउने भन्ने कुरा आयो । बलिउडका केही कलाकारसँग कुरा भएपनि उहाँले पछि छोड्नुभयो,’’ उनले भने, ‘‘त्यसपछि आफ्नै माटोमा हुर्केको कलाकार खाजेर चलचित्र बनाउछु भन्ने लाग्यो । त्यो व्यक्ति हरिवंश आचार्य दाई लाई रोज्यौं ।’’ उक्त सेसनमा स्वेच्छा रावतले सहजकर्ताको भूमिका निभाएकी थिइन् ।

भुठान चलचित्र आगामी वैशाख १२ गतेदेखि नेपालभरका हलमा प्रदर्शनमा आउनेछ । फिल्मलाई विश्वभरिका हलमा बलिउड र हलिउडकै वितरकको संग्लग्नतामा एकै मितिमा प्रदर्शन गर्नको लागि पनि तयारी भइरहेको छ । उक्त चलचित्रमा हलिउडका केही कलाकारहरुले पनि काम गर्नुभएको छ । चलचित्रको केही दिन अघि मात्रै टिजर सार्वजानिक गरिएको थियो । टिजरमा अभिनेता हरिवंश आचार्य अमेरिका लगिएका भुटानी आप्रवासीको भूमिकामा देखिनुभएको छ । जहाँ उहाँ आफ्नो देश फर्कन खोजेको तर नपाएर विक्षिप्त बनेको मानसिक रोगी भएको देखाइएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *