काठमाडौं । आइतबारदेखि देशभरि मौसम सफा छ ।  शुक्रबार र शनिबार पश्चिमी न्यूनचापीय प्रणालीको असरले अधिकांश भूभागमा मौसम बदली र वर्षाको स्थिति थियो।

आइतबारदेखि त्यो प्रणाली हटेपछि मौसममा सुधार भएको छ । सोमबार पनि मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाको आंकलन छ । आज पनि बिहानैदेखि अधिकांश भूभागहरूमा मौसम सफा छ ।

दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बदली हुने  र बाँकी भूभागमा मुख्यतय सफा रहने पूर्वानुमान छ । त्यस्तै राति सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सफा रहने पूर्वानुमान छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *