श्रीलंकाको कोलम्बोमा सोमबारदेखि सुरु भएको साफ यू-१७ च्याम्पियनसिपमा नेपाली यू-१७ फुटबल टोली पहिलो खेलमै घरेलु टोली विरुद्ध खेल्यो ।
अहिले नेपाली फुटबल जोडिएको यो नै एक मात्र कार्यक्रम हो । राष्ट्रिय स्तरमा भने सबै फुटबल गतिविधि ठप्प भएको छ ।

गत साता भएको जेनजी आन्दोलन र त्यसबाट उत्पन्न भएको विषम परिस्थितिले गर्दा नेपाली खेलकुद क्षेत्र पनि प्रभावित बनेको छ । त्यसमा पनि सबैभन्दा चर्चित खेल मध्ये एक फुटबलको घरेलु गतिविधि नै रोकिएको छ ।

आन्दोलनपछि देशले सुशिला कार्कीलाई नयाँ प्रधानमन्त्रीको रुपमा पाइसकेको छ भने तीन नयाँ मन्त्री पनि थपिइसकेका छन् । तर फुटबल लगायत खेलकुद गतिविधिहरु भने धमाधम स्थगित हुने क्रममा छ ।