


पोखरा । नमस्ते व्याण्डले आफ्नो ३६ औं वार्षिक उत्सवको अवसरमा विश्व संगीत महोत्सव गर्ने भएको छ । व्याण्डले १८ औं महाशिवरात्रि विश्व संगीत महोत्सव २०२५ पोखराको हल्लनचोकमा फागुन १७ गते गर्न लागेको हो ।
व्याण्डका भोकस्टी तथा महोत्सव संयोजक ईश्वर गुरुङले कतथा संस्कृतिबाट पर्यटन प्रवद्र्धन गर्दै अन्तर्राष्ट्रिय स्तरमा संस्कृतिको आदनप्रदान र भाइचारा बढाउने उद्धेश्यसाथ हरेक वर्ष कार्यक्रम गर्दै आएको बताए । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्याण्डहरुको प्रस्तुति रहने आयोजित पत्रकार सम्मेलनमा उनले जानकारी दिए । ‘‘भुटान, इन्डियाबाट पनि व्याण्डको प्रस्तुति रहनेछ । सविन राई, ¥यापर हाकिम गुरुङ र डिएनएक्स, राजेश पायल राइ, यम बराल, पिजे एन्ड पिस जोइन्ट व्याण्ड, द भ्वाइस अफ नेपालको टिम, गण्डकी प्रदेशको मौलिक ठाडो भाका लगायतको प्रस्तुति रहेनछ,’’ उनले भने ।


महोत्सवको हेर्नको लागि कुनै शुल्क तोकिएको छैन् । महोत्सव सम्पन्न गर्नको लागि ४५ लाख रुपैयाँ खर्च हुने संयोजक गुरुङले जानकारी दिए । ३५ वर्ष अगाडि नेपाली र जापानिज समुदायका सदस्य मिलेर स्थापना भएको नमस्ते व्याण्डले देशदेखि विदेशसम्म साँस्कृतिक कन्सर्ट गर्दै आएको छ ।
जापान रहँदै आएको यस व्याण्ड कोभिडपछि नेपालका विभिन्न ठाउँमा कार्यक्रम गर्दै आएको व्याण्डका भोकलिस्ट गुरुङले बताए ।
