


काठमाडौं । कबड्डी, जारी र मनसराजस्ता फिल्मका लेखक उपेन्द्र सुब्बाको लेखन रहेको ‘रिमै’ फिल्मको टिजर सार्वजानिक गरिएको छ ।

टिजरमा फिल्मका शीर्ष कलाकार दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा, गौमाया गुरुङ, अर्पण थापा, बुद्धि तामाङ, माओत्से गुरुङ लगायतलाई चित्रण गरिएको छ । यो फिल्मले गुरुङ गाउँको सम्बन्ध र संस्कृतिको कथा पेश गर्छ ।


गाउँकी गुरुङ युवती धनरुपालाई विवाह गरेर विदेशिएको लाहुरे गाउँ फर्किएको सन्दर्भ यसमा छ । दयाहाङले लाहुरेको भूमिका निर्वाह गरेका छन् ।
यो फिल्मलाई खिलबहादुर गुरुङले निर्देशन गरेका हुन् । ‘कबड्डी’ श्रृंखलामा रुचाइएको दयाहाङ र रिश्माको जोडीले यो फिल्ममा पनि जोडी बाँधेका छन् । ‘रिमै’ भदौ २० गतेदेखि प्रदर्शन तयारीमा छ ।
