Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

‘बलिदान’को शीर्ष गीत सार्वजनिक

दशैंको फूलपातीमा प्रदर्शन तयारीमा रहेको फिल्म ‘बलिदान’को शीर्ष गीत सार्वजनिक गरिएको छ ।
‘लिरिकल’ शैलीमा रिलिज गरिएको ’यो ज्यान बलिदान’ शीर्षकको गीतमा स्वर तथा सङ्गीत सुजन चापागाईंको छ । शब्द हर्क साउदले लेखेका छन् ।

गीतमा आमा र मातृभूमिप्रति पुत्रको भावनात्मक समर्पणलाई चित्रण गरिएको छ । गीतमा नायकको आवाजबाट देश र आमाप्रतिको गहिरो प्रेम, आहुति र बलिदानको भावना उजागर हुन्छ ।

सन्तोष सेन निर्देशित फिल्मको निर्मातामा पवन विष्ट र कार्यकारी निर्मातामा प्रेम पुरी छन् ।

प्रतिक्रिया दिनुहोस

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.