पोखरा । पोखरामा मोबाइल चोरी आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जाको बिरुवा ८, आरुखर्कका २३ वर्षीय प्रेम गुरुङ हुन् । फागुनको ६ गते पोखरा रंगशालामा फुटबल खेल्नका लागि चेन्जिङ रुपमा कपडा चेन्ज गरिराखेको अवस्थामा आइफोन तथा नगद चोरी भएको जाहेरी परेको थियो ।

जसको अनुसन्धान हुँदै जाँदा फागुन ११ मा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको समन्वयमा प्रहरीले गुरुङलाई नियन्त्रणमा लिएको हो । उनको साथबाट विभिन्न कम्पनीमा १५ मोबाइल बरामद गरिएको छ । निजलाई चोरी मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान पक्राउ अघि बढाइएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *