मुम्बई । बलिउड अभिनेता सलमान खान आफ्नो आगामी चलचित्र सिकन्दरलाई लिएर चर्चामा छन् । अर्कोतर्फ सलमानले हलिउड चलचित्रमा काम गरिरहेको खबर पनि बाहिर आएको थियो ।

अहिले उनले कथितरुपमा काम गरिरहेको हलिउडका चलचित्रको फर्स्ट लुक सार्वजनिक भएको छ । उनको यो फर्स्ट लुक सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।सलमानले काम गरिरहेको यो चलचित्रबारे धेरै जानकारी भने आएको छैन । मिडिया रिपोर्टका अनुसार यस चलचित्रमा सलमानसँगै सञ्जय दत्त पनि देखिनेछन् ।

भिडियो सार्वजनिक भएपछि सलमानले हलिउडको चलचित्रको सुटिङ सुरु गरेको दाबी गरिएको छ । यसमा सलमान र सञ्जयको केमियो हुनेछ । मध्यपूर्वका दर्शकहरूलाई आकर्षित गर्न उनीहरूलाई यस चलचित्रको हिस्सा बनाइएको बताइन्छ ।

सलमानको आगामी चलचित्र सिकन्दरलाई चर्चित निर्देशक एआर गुरुगदासले निर्देशन गर्दैछन् । यो चलचित्र सन् २०२५ को इदमा रिलिज हुनेछ । चलचित्रमा रश्मिका मन्दाना, काजल अग्रवाल, सत्यराज, शरमन जोशी र प्रतीक बब्बरलगायत कलाकारको पनि भूमिका रहनेछ । हालै निर्माण पक्षले चलचित्रको नयाँ पोस्टर पनि सार्वजनिक गरेको थियो । – एजेन्सी

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *