Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

साइतामामा LOD24-7 को भव्य उद्घाटन, २४ सै घण्टा सेवा उपलब्ध

जापानको साइतामा प्रिफेक्चर अन्तर्गत कावागुची सहरको निशिकावागुची क्षेत्रमा आधुनिक सुविधा सम्पन्न मनोरञ्जन स्थल LOD24-7 (Lord of Drinks) को भव्य उद्घाटन आगामी मार्च ७, ८ र ९, २०२६ मा हुने भएको छ। उद्घाटनसँगै उक्त स्थल २४ सै घण्टा सञ्चालनमा रहने व्यवस्थापन पक्षले जानकारी दिनुभएको छ । यसले जापानमा बसोबास गर्ने नेपाली समुदायसहित अन्य विदेशी तथा स्थानीय पाहुनालाई नयाँ अनुभव दिने अपेक्षा गरिएको छ।

निशिकावागुची १–२३–३, रेजिया बिल्डिङ (लसोन  पसलको पछाडि) मा अवस्थित स्थलमा आकर्षक सजावट, अत्याधुनिक साउन्ड सिस्टम, लाइभ म्युजिक, डान्स तथा रमाइलो वातावरणसहित उच्चस्तरीय सेवा प्रदान गर्ने सम्पूर्ण तयारी पूरा भएको व्यवस्थापन पक्षले जानकारी दिनुभएको छ ।

विशेष आकर्षणका रूपमा यहाँ VIP Cabin तथा Box Cabin को सुविधा उपलब्ध हुनेछ, जसले गोपनीय तथा आरामदायी वातावरणमा समय बिताउन चाहने ग्राहकहरूलाई विशेष अनुभव दिनेछ। करिब १२० जनासम्म अट्ने क्षमता रहेको यस स्थानमा पार्टी, नृत्य कार्यक्रम, जन्मोत्सव, विवाह भोज, वैवाहिक वर्षगाँठ, अन्नप्रासन, लगायत विविध सामाजिक तथा सांस्कृतिक जस्ता विविध कार्यक्रमहरू सहज रूपमा आयोजना गर्न सकिने व्यवस्था गरिएको छ।

व्यवस्थापनका अनुसार, जापानमा बसोबास गर्ने नेपाली समुदायलाई केन्द्रमा राख्दै अन्य विदेशी तथा स्थानीय समुदायलाई समेत लक्षित गरी व्यवस्थित, सुरक्षित र उच्चस्तरीय सेवा प्रदान गरिनेछ। उद्घाटन समारोहका अवसरमा Live DJ, विशेष कार्यक्रम तथा आकर्षक अफरहरू समेत उपलब्ध हुने जानकारी दिनुभएको  छ।

साथै, गैरआवासीय नेपाली संघ(NRNA) लगायत विभिन्न सामाजिक तथा व्यावसायिक संस्थाहरूसँग सहकार्य गर्दै निशिकावागुची क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी व्यावसायिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिइएको आयोजकले जनाएको छ। यसले  जापानमा बसोबास गर्ने विदेशी समुदायप्रतिको दृष्टिकोणलाई सकारात्मक बनाउन पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भएको  छ।

आयोजक पक्षले उद्घाटन समारोहमा तपसिल बमोजिमको मिति, स्थान र समयमा उपस्थित भई नयाँ अनुभव लिन सम्पूर्ण नेपाली समुदायलाई हार्दिक आमन्त्रण गरेको छ।

उद्घाटन समारोह विवरण

  • मिति : २०२६ मार्च  ७ , ८ , ९
  • स्थान : 埼玉県川口市西川口1-23-3 レギヤビル
  • समय : २४ घण्टा सेवा उपलब्ध

प्रतिक्रिया दिनुहोस

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.