Skip to main content

Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

“स्विमिङ पुल कि मृत्युको पासो? १७ वर्षीय सन्दीपको मृत्युले उठायो गम्भीर प्रश्न”

पोखरा महानगरपालिका–१९ स्थित वाटरफल इको भिलेजमा भएको स्विमिङ पुल दुर्घटनामा १७ वर्षीय सन्दीप तामाङको मृत्यु भएपछि घटनाले गम्भीर प्रश्नहरू जन्माएको छ।

परिवारसँग बहिनीको जन्मदिन मनाउन पुगेका सन्दीप केही समयपछि सम्पर्कविहीन भए। परिवारका सदस्यले खोजी गर्दा उनी स्विमिङ पुलभित्र डुबेको अवस्थामा फेला परेका थिए। तत्काल उद्धार गरी अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।  घटनापछि पीडित परिवारले स्विमिङ पुलमा आवश्यक सुरक्षा मापदण्ड पूरा नगरिएको, उद्धारका लागि पर्याप्त व्यवस्था नभएको र घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरेको छ। परिवारले दोषी ठहरिने जोसुकैमाथि कानुनबमोजिम कारबाही हुनुपर्ने बताएको छ।

उता, सम्बन्धित निकायले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ। परिवारले उठाएका आरोपहरूबारे आधिकारिक निष्कर्ष भने आउन बाँकी छ।

यस घटनासँग सम्बन्धित भिडियोमा 

प्रतिक्रिया दिनुहोस

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.