Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

पोखरामा ‘झरी पछिको इन्द्रेणी’ले पाएन शो

पोखरा -पौष ४ गते अर्थात् भोलि शुक्रबारदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘झरी पछिको इन्द्रेणी’ले पोखरामा अपेक्षित शो पाउन सकेको छैन। चलचित्रको बुकिङ खुलेको भए पनि अधिकांश हलले प्रदर्शनको समय नदिँदा दर्शकसम्म पुग्न चुनौती देखिएको छ।

पोखराको करिब आधा बक्स अफिस कलेक्सन गर्ने मिडटाउन सिनेमा मा चलचित्रको एक शो समेत तय गरिएको छैन। यस साता नयाँ नेपाली चलचित्रको नहुदा नहुदै पनि ‘झरी पछिको इन्द्रेणी’ ले शो नपाउनुले चलचित्रको प्रचार–प्रसार कमजोर भएको आकलन गरिएको छ। हल सञ्चालकहरू प्रचार सामग्री र दर्शक आकर्षणको आधारमा शो निर्धारण गर्ने भएकाले प्रचारको कमजोरीले असर पारेको देखिन्छ।

त्यसैगरी, पोखराको अर्को प्रमुख सिनेमा क्यूएफएक्स ले चलचित्रलाई एक शो दिएको भए पनि हालसम्मको बुकिङ भने शून्य रहेको छ। चलचित्रमा दीपाश्री निरौला, रमेश उप्रेती, निर्मल शर्मा लगायतका कलाकारसँगै उप्रेतीको मुख्य भूमिका रहेको छ। चलचित्रको निर्देशन अर्जुन घिमिरे ‘पाँडे’ ले गरेका हुन्। प्रदर्शनको पहिलो दिनमै सीमित शो र कमजोर बुकिङले ‘झरी पछिको इन्द्रेणी’ को व्यापारिक यात्रा पोखरामा कठिन देखिएको छ।

प्रतिक्रिया दिनुहोस

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.