


पोखरा । बलिउड सुपरस्टार सलमान खानले प्रेम सम्बन्ध र बिछोडको बारेमा अभिव्यक्ति दिएका छन् । उनले आफ्ना भतिज अरहान खानको पोडकास्टमा कुराकानी गर्दै आफ्ना विगत र विचार सुनाए ।
यस क्रममा उनले प्रेम सम्बन्ध अर्थात् रिलेसनसिपबारे पनि केही कुरा राखेका छन् । ‘यदि प्रेमिकासँग सम्बन्ध टुटेको छ भने उसलाई जान देऊ । यी कुराहरूबाट छिटो बाहिर निस्कनुपर्छ । यसको लागि एउटा कोठा भित्र जानुपर्छ, राम्ररी रुनुपर्छ,’ उनले भनेका छन् । यस क्रममा सलमानले व्यक्तिले आफ्नो गल्ती तुरुन्तै स्वीकार गर्नुपर्छ भनेर पनि बताएका छन् । उनले भने, ‘मानिसले सधैँ आफ्नो गल्ती स्वीकार गर्नुपर्छ । तुरुन्तै धन्यवाद र सरी भन्नुपर्छ ।’


सलमान खानले धेरै नायिकासँग डेट गरिसकेका छन् । उनको नाम संगीता बिजलानी, सोमी अली, ऐश्वर्या राय, कट्रिना कैफजस्ता अभिनेत्रीहरूसँग जोडियो । तर कसैसँग पनि उनको सम्बन्ध सफल भएन । सलमान अहिलेसम्म अविवाहित नै छन् ।
