पोखरा । यतिखेर गायिक एलिना चौहानको एउटा स्टेज भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । गत शुक्रबार ह्वाइट हाउस लिटरेचतर फेस्टिबलमा उनकै चर्चित गीत ‘धोकेबाज है तिमी’ गाउन सुरु गर्छिन । गाउँदा गाउँदै गला अबरुद्ध हुन्छ, पानी पिएर पुन गीतलाई निरन्तरता दिएको भिडियोमा देख्न सकिन्छ । उक्त भिडियो सामाजिक सन्जालमा भाइरल बनेको छ ।

हालसालै चौहान पति विष्णु सापकोटासँग सम्बन्ध विच्छेदको प्रसंगले पनि चर्चामा छन् । उनले अहिलेको अवस्थामा ‘धोकेबाज’ गीत धेरै गाउन मन नभएको बताएकी छन् । ‘धोकेबाज मलाई भनेको कि ? अहिले त धोकेबाज शब्द सुन्दा पनि मलाई नै भनेको जस्तो लाग्छ,’ उनले भनिन् ।

एलिनाको सार्वजानिक भएको उक्त भिडियो पछि अभिनेत्री ऋचा शर्माले उनलाई पत्र लेखेकी छन् । उनले एलिनालाई आफ्नो साहस कायम राख्न सुझाव दिएकी छन् ।

एलिनालाई ऋर्चा शर्माले लेखेको खुलापत्र यस्तो छ-
प्रिय एलिना,
तिमीले आफ्नो विवाह एक वर्षमै टुंग्याउने निर्णय लियौ र मलाई थाहा छ – यो सजिलो निर्णय थिएन । समाजले प्रश्न गयो होला– परिवारले चिन्ता व्यक्त गर्‍यो होला र धेरैले तिम्रो निर्णय बुझ्न सकेन होला ।
तर, म बुझ्छु किनभने तिमीले आफूलाई गुमाउन चाहेनौ ।
साँच्चै, संगीत तिमीभित्र बाँचिरहेकी थियौ, तिमी त्यसैमा हराउन चाहन्थ्यौ । कसैले तिम्रो पखेटा काटेर घरको सानो खाँबोमा बाँध्न खोज्यो, तर तिमी उड्न चाहन्थ्यौ ।
विवाह एउटा सम्बन्ध हो, बाँधिनु होइन । जब सम्बन्धले तिमीलाई साँघुरो बनाउँछ, तिम्रो सपनालाई थिच्छ, तब त्यसलाई निरन्तरता दिनुको कुनै अर्थ हुँदैन । तिम्रो आँटलाई म सलाम गर्छु ।
धेरै महिलाहरू समाजको डरले आफूलाई बिर्सेर अरूको चाहनामा बाँच्न बाध्य हुन्छन् । तर, तिमीले आफूलाई चुन्यौ, आफ्ना सपनालाई चुन्यौ । संगीत तिम्रो आत्मा हो र तिमीले त्यसैलाई अँगाल्यौ । तिमीले जस्तो निर्णय लियौ, त्यसले तिमीलाई अझ बलियो बनाओस् । तिम्रो स्वर, तिम्रो संगीत संसारभरि गुञ्जिरहोस् ।

यदि कहिल्यै थाक्यौ भने, सम्झनू– तिमी एक यस्ती साहसी मान्छे हौ, जसले परम्परागत सिमानाहरू तोडेर आफ्नो बाटो आफैँ कोरिन् । तिम्रो साथमा ऋचा शर्मा ।’

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *