पोखरा । पोखरा महानगरपालिका क्षेत्रमा करिब २३ हजार ७४८ बालिकाहरूलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने भएको छ । उक्त अभियानको शुभारम्भ नगर प्रमुख धनराज आचार्यले मालेपाटनस्थित वाराही माध्यमिक विद्यालयबाट गरेका छन् ।

फागुन ६ गतेसम्म महानगरका २ सय ७५ विद्यालय र ४७ वटा स्वास्थ्य संस्थाहरूमा ३ सय ४४ जना स्वास्थ्यकर्मी र ६ सय ८८ जना स्वयंसेवक परिचालन गरी यो खोप अभियान सञ्चालन गरिनेछ ।

विद्यालय उमेरका कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरू तथा विद्यालयबाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिका तथा किशोरीहरूलाई यो खोप प्रदान गरिने जनस्वास्थ्य अधिकृत तेजाखर लम्सालले बताए ।

नेपालमा पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि १० देखि १४ वर्षसम्मका किशोरीहरूलाई एचपीभी खोप लगाउने, ३० वर्ष माथिका महिलाहरूको पाठेघरको मुखको परीक्षण (स्क्रिनिङ) गर्ने र पाठेघरको मुखको क्यान्सर रोग निदान भएका महिलाहरूको नियमित उपचार गर्ने अभियानहरू सञ्चालन भइरहेका छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *