


पोखरा । रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित भएका छन् । उनी १० नबज्दै अदालतमा उपस्थित भएका हुन् ।
सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा मुद्दा दर्ता भएपछि उनी बुधबार (आज) अदालतमा उपस्थित भएका हुन् ।


लामिछानेको मुद्दा न्यायाधीश दयाराम ढकालको २ नम्बर इजलासमा परेको छ । रविसहित १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध ठगी तथा संगठित अपराध अभियोगमा चितवन अदालतमा मंगलबार मुद्दा दर्ता भएको थियो ।
