Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

टी–२० एसिया कप : सुपर चारका बङ्गलादेशको विजयी सुरुवात

बङ्गलादेशले युएईमा जारी एसिसी टी–२० एसिया कप क्रिकेटको सुपर चारमा विजयी सुरुवात गरेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार राति भएको सुपर चारको पहिलो खेलमा बङ्गलादेशले श्रीलङ्कालाई चार विकेटले हरायो । बङ्गलादेशले श्रीलङ्कासँग समूह चरणमा खेपेको हारको बदलासमेत लिएको छ ।

यसअघि समूह चरणमा बङ्गलादेश श्रीलङ्कासँग ६ विकेटल पराजित भएको थियो । जितका लागि श्रीलङ्काले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले १९.५ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

बङ्गलादेशका लागि सैफ हसनले सर्वाधिक ६१ रन बनाउनुभयो । यस्तै तोहिद हृदयले ५८, कप्तान लिटन दासले २३ र समिम होसेनले १४ रन जोड्नुभयो ।

प्रतिक्रिया दिनुहोस

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.