फिल्म ‘ऊनको स्वीटर’ ओटीटी प्लाटफर्म एमएसएम भिडियोमा रिलिज भएको छ ।
यसवर्ष हलमा उत्कृष्ट कमाइ गरेको फिल्मलाई दर्शकले डिजिटल माध्यममा हेर्न पाउनेछन् ।
आर्टमान्डूले निर्माण गरेको यो फिल्मले नेपाली समाजको यथार्थपरक कथा, सशक्त अभिनय र कर्णप्रिय सङ्गीतले दर्शकलाई आकर्षित गरेको थियो ।
सकारात्मक समीक्षा पाएको फिल्मको निर्देशन र पटकथा लेखन नवीन चौहानले गरेका हुन् ।
फिल्ममा विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, विल्सनविक्रम राई, भावना खपांगी मगर र सुनिल पोखरेलको अभिनय छ । । गीत सुजन चापागाईँ र सङ्गीत कोविद बज्रले निर्देशन गरेका हुन् ।
फिल्म देशभरका ४० हलमा ५१ दिनसम्म प्रदर्शन भएको जनाइएको छ ।