



पण्डित वरदान थपलिया । हरेक महिनाको सङ्क्रान्ति जस्तै श्रावण सङ्क्रान्तिको विशेष महत्व छ । हामीले के बुझ्नुपर्छ भने कालक्रमको गणनादुई तरिकाले गरिन्छ । एउटा सूर्यर अर्को चन्द्रमाको गति अनुसार गणना हुन्छ । सङ्क्रान्तिभन्ने वितिकै सूर्यले एक राशिबाट अर्को राशिमा परिवर्तन हुनेदिन नै सङ्क्रान्ति हो । हामीले भन्ने गरेको साउने सङ्क्रान्तिमा सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने दिनहो । मिथुनबाट कर्कटमा प्रवेश गर्दा साउने सङ्क्रान्ति हुन्छ । साउनमहिनाचन्द्रमाको नक्षत्रको गति अनुसार पनिनामाकरण गरिएको हो ।

जुन महिनामा पूर्णिमाश्रवण नक्षत्र हुन्छ त्यो श्रावण महिना हो । श्रावण महिनाको महत्वको व्याख्या एका तर्फबाट मात्र गर्न सकिदैन । यसको धार्मिक महत्व पनि छ, सांस्कृतिक महत्व पनि छ, प्राकृतिक महत्व पनि छ, ज्योतिषिय हिसावले पनि महत्व छ ।


जोतिषियहिसावले व्यख्यागर्दा सूर्य मिथुन राशिबाट कर्कटमा प्रवेश हुन्छ । त्यो दिनबाट सूर्यको गति दक्षिणायन हुन्छ । दक्षिणायन आरम्भ हुने दिन देवताहरुको दिन सकिएर रात सुरु हुन्छ । श्रावण १ गतेबाट देवताहरुको रातको समय सुरु हुन्छ । यो ६ महिना रहन्छ ।
त्यसपछि माघ महिनाको मकर सङ्क्रान्तिको विशेष महत्वआउने गर्छ । माघबाट सूर्य उत्तरायण हुन्छन् । प्राकृतिक रुपमा हेर्दा श्रावण महिना वर्षा ऋतु हो, वर्षाका कारण पूरैप्रकृति नै हराभरा बनाउने काम श्रावण महिनाले गर्दछ । अन्न उब्जिने देखि प्रकृतिको प्राण भरिदिने काम पनि श्रावण महिनाले गर्दछ । यस्तै सांस्कृतिक महत्व पनि उस्तै रहन्छ
लुतो फाल्ने चलन
सनातनी परम्परा अनुसार साउने संक्रान्तिमा लुतो फाल्ने चलन छ । त्यसैले यो महिनालाई शारीरिक रुपमा पनि हेर्न सकिन्छ । लुतो फाल्ने चलन सनातन संस्कृतिमा धेरै महत्व छ । त्यसमा पनि नेपालीहरुको विशेष मौलिक परम्परा नै हो । नेपाल कृषिप्रधानदेश हो ।
कृषिमा आधारित जीवन पद्धती छ ।कृषि कर्म गर्दा धुलो, मैलो, हिलो, फोहोर सबै हुन्छ । त्यसले गर्दा हामीमा विभिन्न प्रकारका रोगहरु उत्पन्न हुन्छन् । रोगहरुलाई हाम्रो शास्त्रले पाप भनेको छ । त्यसकारणले गर्दा फोहोरले गर्दा उत्पन्न हुने जति पनि रोगहरु छन्त्यसको निराकरण गर्नको लागि साउने संक्रान्तिको दिनलुतो फाल्ने परम्परा छ । यो चर्म रोगसँग सम्बन्धितछ ।यस दिन सबै प्रकारका वनस्पतिहरुलाई जम्मा गरिन्छ । र बेलुकी पखमठको अगाडि एउटा मण्डप जस्तो बनाएर पूजारिन्छ त्यसक्रममाअग्नि देवताको पूरा गर्ने चलन छ ।अग्नि देवताका रुपमा अगुल्टोको प्रयोग गरिन्छ ।अगुल्टोको पूजा गरेर शरीरमा भएका सबै रोग, दाग, लुतोभागोस भनेर शरीर तिर घुमाएर फाल्न चलन छ ।
लुतो फाल्ने परम्परा नेपालका विभिन्न भेगमा फरक फरक तौर तरिकाहरु छन् ।प्रत्येक १० मिनेटको अन्तरमा भाषा वा भेषभुषामा परिवर्तन गर्ने गरिन्छ । जिल्ला वा क्षेत्रमा फरक परम्परा छ । तर लुतो फाल्ने भन्ने संस्कृति चाहीं देशभरनै समान छ । प्रक्रिया र विधिमात्र ठाँउ अनुसार फरक हुन्छ । अरु परम्परापनि ठाँउ अनुसारको फरक नै हुन्छ ।
लुतो भन्ने शब्दनै वास्तवमा नेवारी भाषासँग सम्बन्धित छ । यसमा नेवारी परम्परा पक्कैपनि जोडिएको हुनुपर्छ । हिन्दु धर्म मान्ने सबैसँग सम्बन्धित छ । यदि यो परम्परा हराएको भएपनि सुरु गर्नुपर्छ । हाम्रो शरीरमा भएको रोग हटाउनका लागि भएपनि मनाउनै पर्छ ।
मानव जाति प्रकृति भन्दा भिन्न हुन वा अलग रहन सक्दैन् । हामी प्रकृतिसँगै रम्न चाहन्छौँ । किनभने प्रकृतिबाटै सबै कुरा उत्पन्न हुन्छ । त्यसैले श्रावन महिना बर्षा ऋतु हो । यस ऋतुमा पुरै हरियाली हुन्छ । प्रकृतिसँग तालमेल मिलाउन पनि यो आवश्यक छ । या प्रकृतिसँग अनुकरण गरिएको छ । किनभने सबै रंगको आफ्नो आफनै महत्वछ ।
हरियो भन्ने वित्तिकै सबै हराभरा, मनै आनन्दित बनाउने रगं हो । पहेँलेको पनि तालमेल हरियोसँग मिल्न जान्छ । बिज हरियो रगंको हुन्छ फलपहेँले रगंको हुन्छ । त्यसैले सृष्टिदेखि अन्त्य सम्मको जुन संयोग हो त्यसमा हरियो र पहेंलोलाई जीवनदर्शनसम्म जोड्न सकिन्छ ।
श्रावणको सोमबारको विशेष महत्व छ । सोमबारका दिनतीनवटा पातभएको वेल पत्र र दुधले मात्रै अपर्ण गर्दा पनिमनकामनापूरा हुन्छ भनिन्छ ।
हुनतसबै सोमबारको उत्तिकै महत्व छ । तर पनि श्रावणको सोमबार वाश्रावण शिवजीको महिना भएकाले पनि यो विशेष मानिन्छ । विशेषगरि महिलाहरु ब्रतको लागिआकर्षित हुन्छन् । धर्मकर्मप्रति पुरुषहरुले अलि बेवास्ता गरेको हो कि जस्तो लाग्ने कुरा वास्तवमा गलत छ । पुरुषको लागि पनि श्रावणको व्रतअनिवार्य छ । (भागवतवाचक पं वरदान थपलियासँग गरेको कुराकानीमाआधारित)
