काठमाडौं । चलचित्र ‘चमेलीको पोई’ को पोस्टर सार्वजानिकसँगै प्रदर्शन मिति तय भएको छ। एभरेष्ट सूर्य बोहराको निर्देशनमा तयार चलचित्रको तीन वटा पोस्टर सार्वजनिक गर्दै चैत्र १३ गते प्रदर्शन मिति घोषणा गरिएको हो ।

सार्वजनिक पोष्टरको केन्द्रमा मुकुन भुषाल र सुरक्षा पन्त रहेका छन्। यो चलचित्रमा सुरक्षा पन्त, मुकुन भुसाल, नारायण त्रिपाठी, विल्सन विक्रम राई, रविन्द्र झा लगायतका कलाकारहरूको अभिनय छ । चमेलीको भूमिकामा सुरक्षा देखिएकी छन् भने मुकुन उनको श्रीमानको भूमिकामा देखिएका छन् ।

हाँस्य कलाकार नारायण त्रिपाठीले यहि चलचित्र मार्फत कमब्याक गर्दैछन् । चलचित्रमा शेर बहादुर तामाङको छायांकन, बन्दे शाह र सुजन वडालको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, कुमार महर्जनको एक्सन, शिवम् अधिकारीको पटकथा तथा संवाद रहेको छ।

धन लक्ष्मी सिने मेकर्सको प्रस्तुतिमा तयार भएको चलचित्रमा सुनिता सापकोटा र राम नारायण उपाध्यायको लगानी, उदय बिक्रम राणा र रितु मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन्।

 

 

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *