पोखरा । अभिनेत्री सनिशा भट्टराईले रंगमञ्चमा डेब्यु गर्ने भएकी छन् । कान्तिपुर फिल्म एकेडेमी अन्तर्गतको कान्तिपुर थिएटरको नाटक ‘शिरीषको फूल’ बाट उनको रंगमन्चको यात्रा सुरु हुन लागेको हो । उनले ‘सकम्बरी’ पात्रको भूमिकामा अभिनय गर्ने जनाइएको छ ।

रंगमञ्चको यात्रा सुरु गर्न सनिशा उत्साहित देखिएकी छन् । उनले फेसबुकमा लेखेकी छन्, ‘भिडियो र फिल्मको कलाकारिता हुँदै ‘शिरीषको फूल’ मार्फत रंगमञ्चको स्टेजमा नयाँ यात्राको अनुभव सुरु गर्न जाँदैछु । ‘शिरीषको फूल’को पात्र ‘सकम्बरी’ मेरो लागि विशेष हुनेछ ।’

सनिशाले अभिनेता जीवन लुईंटेलसँग मञ्च साझा हुनेछ । हाल अमेरिकामा रहेका जीवन नाटक खेल्न आगामी साता नेपाल आउने जनाइएको छ । यही नाटकबाट जीवन एक दशकपछि अभिनयमा फर्किन लागेका हुन् । यसमा उनले सुयोगवीर पात्रको भूमिका निर्वाह गर्नेछन् ।यतिबेला सनिशासहितको टिम नाटकको कार्यशालामा व्यस्त छ ।

विराज भट्टले निर्देशन गरेको फिल्म ‘१२ गाउँ’ बाट ठूलो पर्दामा डेब्यू गरेकी सनिशाको दोस्रो फिल्म ‘नरसिंहा’ हो । फिल्म व्यावसायिक हिसाव उत्कृष्ट ठहरिएन ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *