काठमाडौं । नेपालको पहिलो चलचित्र ‘आमा’ को पोस्टर अब हुलाक टिकटमा अङ्कित भएको छ । चलचित्र विकास बोर्डको २५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहमा यो ऐतिहासिक घोषणा गरियो ।

हुलाक सेवा विभागले रु१० दरका दुई वटा विशेष हुलाक टिकट प्रकाशन गरेको छ, जसमा ‘आमा’ का नायक र नायिकाको तस्बिर अङ्कित छ । वार्षिकोत्सव कार्यक्रममा गरिएको अनावरण समारोहमा नेपाली चलचित्रका अग्रज अभिनेत्रीहरू भुवन चन्द, चैत्य देवी, वसुन्धरा भुसाल, सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङ, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पङ्गेनीको संयुक्त उपस्थिति थियो ।

विसं२०२२ असोजमा प्रदर्शनमा आएको ‘आमा’ले नै नेपालमा चलचित्र उद्योगको जग बसालेको मानिन्छ । हीरासिंह खत्री निर्देशित यस चलचित्रमा शिवशङ्कर खत्री र भुवन चन्दले मुख्य भूमिका निभाएका थिए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *