



पोखरा । कान्तिपुर फिल्म एकेडेमी ले बनाउन लागेको दाश्रो नाटक ‘शिरिषको फूल’ मा लोकप्रिय नायक जिवन लुईटेल ले अभिनय गर्ने भएका छन् । उनले १० वर्षपछिको कमव्याकसँगै पहिलो पटक रंगमन्चमा अभिनय गर्न लागेका हुन् ।

साहित्यकार पारिजातको चर्चित उपन्यासमाथि आधारित रहेर तयार हुन लागेको नाटकको मञ्चन साउन १ गतेदेखि सुरु हुँदैछ । नाटकको प्रमुख पात्र सुयोगवीरको रोलमा लुइँटेलले अभिनय गर्नेछन् । यो नाटकको लेखन तथा निर्देशन थिएटरकै विद्यार्थी पत्रिका घिमिरेले गर्दैछिन् ।


लुइटेल लामो समयदेखि अमेरिका बस्दै आएका छन् । गत महिनादेखि रेखा थापालाई शीर्ष भूमिकामा लिएर कान्तिपुर थिएटरले मञ्चन गरेको पहिलो नाटक ‘मीरा’ले निकै चर्चा पाएको थियो ।
