काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले नेपाल प्रहरीको सेवा राजीनामा दिएका छन् । ऐरीले प्रहरी सहायक हवल्दारबाट राजीनामा दिएका हुन् ।

ऐरीले कुनै विशेष योजनाअनुसार प्रहरीबाट राजीनामा नदिएको बताए । उनले अहिले केही योजना पनि नबनाएको बताएका छन् ।

ऐरी हालै स्कटल्यान्ड भ्रमण गरेको नेपाली टिमको उपकप्तान बनेका थिए । उनी उमेर समूहदेखि नै नेपाली टिममा जोडिएका खेलाडी हुन् । टी– २० आईमा दुईपटक लगातार छ छक्का प्रहार गरेको र ९ बलमै अर्धशतक (सबैभन्दा छिटो) बनाएको विश्वकीर्तिमान उनको नाममा छ ।

ऐरी अफ स्पीन बलिङ गर्नुका साथै भरपर्दो ब्याटर मानिन्छन् । उनी अहिले टी–२० आई अलराउन्डरतर्फ आईसीसीको वरीयतामा तेस्रो नम्बरमा छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *