

काठमाडौँ । काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन् । गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा मेयर शाह नआएपछि प्रधानमन्त्री ओलीले अबदेखि नबोलाउन निर्देशन दिएका थिए ।
सरकारले आयोजना गरेका कुनै पनि कार्यक्रमहरूमा सधैँ नाम राखेर बोलाइरहने तर नआउने गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यस्ता व्यक्तिहरूको रेकर्ड हेरेर आगामी कार्यक्रमहरूमा नाम नराख्न निर्देशन दिएका थिए ।


त्यसकै जवाफमा मेयर शाहले फेसबुकमा लेखेका छन्, ‘जुन देशमा राजधानीको मेयरले भ्रष्टाचार रोक्छु भन्दा , देशको सबै पार्टी लागेर भ्रष्टाचारी जोगाउँछु भन्छ ? त्यसको नाइकेको कार्यक्रममा म गैदिनुपर्ने ? सरी केपी ओली, आई डोन्ट सपोर्ट योर करप्ट सिस्टम ।’
