

काठमाडौं । रुस र युक्रेनबीच युद्ध विरामका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार ट्रम्प र पुटिनबीच फोनमा दुई घण्टा लामो वार्ता भएको छ । यो वार्तापछि अमेरिकी राष्ट्रपति ट्रम्पले रुस र युक्रेनले युद्ध विरामभन्दा पनि युद्ध समाप्तका लागि छिट्टै वार्ता गर्ने बताएका छन् ।
ट्रम्पसँगको वार्तापछि रुसी राष्ट्रपति पुटिनले रुस शान्तिका लागि सम्झौताबारे छलफलका लागि तयार रहेको बताएका छन् । उनले सम्झौताका सर्तबारे भने केही स्पष्ट पारेका छैनन् । तर, उनले संकटको मुख्य कारणहरूको सम्बोधन हुनुपर्ने बताएका छन् ।


युक्रेनका राष्ट्रपति जेलेन्स्कीले युद्ध अन्त्यका लागि युक्रेन, रुस, अमेरिका, युरोपीय संघका देशका साथै बेलायतबीच एक उच्चस्तरीय बैठकबारे सोचिरहेको बताएका छन् ।
