काठमाडौं । सिङिङ्ग सुपरस्टार टिमले नेपाली संगीतको उन्नयन र नयाँ प्रतिभाहरुको खोजको लागि सिङिङ्ग सुपरस्टार सिजन २ को घोषणा गरेको छ ।

टिमका अनुसार पहिलो सिजनको अपार सफलतापछि उत्साह र जोशलाई निरन्तरता दिँदै सिजन २ को घोषणा गरेको हो । यस सिजनको निर्णायक मण्डलमा नेपाली पप गायक तथा संगीतकार सञ्जय श्रेष्ठ, अनुभवी संगीतकार र गायक हरिश माथेमा, युवा पुस्ताका लागि प्रेरणादायी गायक तथा संगीतकार विवेक श्रेष्ठ सहित हरेक हप्ता एक जना अतिथि निर्णायक रहनेछन् ।

सिङिङ्ग सुपरस्टार सिजन २ को निर्देशन रवि श्रेष्ठले गर्नेछन् । उनले यस भन्दा अगाडि मुन्द्रेको कमेडी क्लब, नेपाल स्टार जस्ता सफल रियालिटी शोहरुको निर्देशन गरिसकेका छन् । सिङिङ्ग सुपरस्टार सिजन २ ले नेपाली मात्र नभई भारतीय प्रतिस्पर्धीहरुलाई पनि स्वागत गर्दै दुई देशबीचको सांगीतिक सेतु बन्ने प्रयास गर्नेछन् ।

सिजन २ मा प्रतिस्पर्धा प्रारम्भ डिजिटल अडिसनबाट गरिएको छ भने देश ÷विदेशबाट अनलाइन आवेदन संकलन गरी हजारौं प्रतिभाहरुले आफ्नो गायन कला प्रस्तुत गरेका थिए ।

डिजिटल अडिसनको गहन मूल््याङ्कन पछि, फिजिकल अडिसनको चरणबाट  उत्कृष्ट ४० प्रतिस्पर्धी छनोट गरिएका छन् । फिजिकल अडिसनको प्रसारण चाँडै नै टेलिभिजन र डिजिटल मञ्चमा हुनेछ।

फिजिकल अडिसन सम्पन्न भएपछि, सिङिङ्ग सुपरस्टार सिजन २ को ग्रान्ड प्रीमियर आयोजना गरिने आयोजन टिमले जानकारी दिएको छ ।

ग्रान्ड प्रीमियर पश्चात् प्रतिस्पर्धीहरु निर्णायक मण्डलको मात्र नभई दर्शकहरुको पनि समर्थनका लागि प्रस्तुत हुनेछन् र उनहरुको प्रस्तुतिको दर्शकिय मुल्यांकनका लागि भोटिङ राउन्ड सुरु हुनेछ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *