आशिष अविरल र कला लम्सालद्वारा स्वरबद्ध गीत ‘आन्टी लभर’ नेपालमा युट्युब चार्ट्सको शीर्षस्थानमा पुगेको छ ।
दुर्गेश थापाको बहुचर्चित ‘दुश्मन हेरेको हेर्‍यै’लाई उछिनेर उक्त गीत मंगलबार सूचीको शीर्षस्थानमा समावेश भएको हो ।

युट्युबले ट्रेन्डिङ पृष्ठ हटाएपनि ‘कस्ट्युम सर्च’मार्फत युट्युब चार्ट्समा लोकप्रिय गीतहरूको सूची हेर्न सकिन्छ ।
रमेश परियारद्वारा संगीतबद्ध ‘आन्टी लभर’को कूल भ्यूज १ करोड १२ लाख भएपनि यो गीतको इन्गेजमेन्ट राम्रो देखिन्छ, जसले दुर्गेशको ‘दुश्मन हेरेको हेर्‍यै’लाई पनि उछिन्यो ।