

काठमाडौं । कलाकार विल्सन विक्रम राई डिजिटल सेवा प्रदायक कम्पनी ‘तोक्मा टेक्नोलोजीज’को ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् । कम्पनीले उनलाई आफ्नो ‘ब्रान्ड फेस’को रुपमा सार्वजनिक गर्दै एपमार्फत् सेवा पनि सुरु गरेको छ । यसमा राइड शेयरिङ, टुर गाइड, शपिङ, सेक्युरिटी जस्ता सुविधाहरू छन् ।
ब्रान्ड एम्बासडरमा नियुक्त भएपछि विल्सनले भने ‘तोक्मा टेक्नोलोजीज एउटा एप मात्र नभएरु यो नेपालमा दैनिक जीवनलाई जोड्ने, उत्थान गर्ने र सरल बनाउने एउटा क्रान्ति भएको बताए । उनले तोक्मा एपले नेपालको पैसा नेपालमै रहोस्, रोजगारी सिर्जना होस्, देशको अर्थतन्त्र बलियो होस् भन्ने उद्देश्य लिएको बताए ।


नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक कुलमान घिसिङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा तोक्मा एपसहित ‘जी कार्ड’ पनि सार्वजनिक गरिएको थियो ।
