पोखरा । ८ वर्षपछि कमव्याक गरेका महानायक राजेश शमालको चलचित्र ‘नरसिंहाः अवतार’ को ट्रेलर सार्वजानिक भएको छ । चलचित्रको ट्रेलर रेकर्डमय बन्न पुग्यो । एक्सन, थ्रिलर, प्रेम र सस्पेन्स मिश्रित चलचित्रको ट्रेलर रिलिजको १५ मिनेटमै ट्रेन्डिङमा पर्न सफल भयो ।

यसबाट पनि यो चलचित्र प्रति दर्शकको चासो कति रहेको प्रस्ट बुझ्न सकिन्छ । हाल यो ट्रेलर मुभिज सेक्सनको ३ नम्बर ट्रेन्डिङमा रहेको छ । नम्बर १ मा चलचित्र बलिदानको प्रि टिजर रहेको छ भने २ नम्बरमा ‘ऊनको स्विटर’ को ट्रेलर रहेको छ । ३ मिनेट १५ सेकेन्डको टे«लरलाई हालसम्म ९ लाख भन्दा बढी पटक हेरिएको छ ।

दिवाकर भट्टराई निर्देशित चलचित्रमा राजेश हमाल, नीति शाह, राज कटुवाल, सरोज खनाल, निर शाह, अर्जुन श्रेष्ठ, उषा खड्गी, रमेश चन्द सोडारी, दीपा शाही, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, प्रकाश जंग कुँवर, प्रभु श्रेष्ठ, अमित गिरी, मिसेल घिमिरे, सरोज शाह, किशोर भट्ट, टार्जन, एभिलिना खड्का, समाइरा थापा लगायतका कलाकारहरुको अभिनय छ । जेठ ९ गतेबाट रिलिज हुने चलचित्रले बक्स अफिसमा धमाका मच्चाउने अपेक्षा गरिएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *