जेनजी आन्दोलनअघि मण्डला थिएटरमा ‘खमारी : मौन संवाद’ र ‘सिरुमारानी’ नाटक मञ्चन भैरहेका थिए ।

कौशी थिएटरमा ‘कालीपार’, ओजस थिएटरमा ‘कर्तव्य’ मञ्चन भैरहेका थिए । जेनजी आन्दोलन चर्किएपछि यी सबै मञ्चन रोकिए ।
नाटकघर समेत प्रभावित बने । आन्दोलन सकेर फिल्म र संगीत लयमा फर्किने तयारीमा छन् । नाटक घर पनि जुर्मुराउन थालेको देखिन्छ ।

मण्डलाले ‘सिरुमारानी’ र कौशीले ‘कालीपार’को मञ्चन बुधबारदेखि पुनः सुरु गर्दैछन् । ‘कालीपार’ आउँदो शनिबारसम्म चल्नेछ । सरुभक्तले लेखेको नाटक ‘सिरुमारानी’को मञ्चन भने आइतबारसम्म हुनेछ ।