पोखरा, — बालबालिकाको प्रतिभा उजागर गर्ने उद्देश्यले ‘हेभनली इभेन्ट म्यानेजमेन्ट’को आयोजनामा सञ्चालित बाल सौन्दर्य प्रतियोगिता ‘लिटिल मिस्टर एण्ड मिस पोखरा’ को ग्रान्ड फिनाले यही बैशाख १८ गते हुने भएको छ। पोखराको उद्योग वाणिज्य संघको हलमा दिउँसो १ बजेबाट सुरु हुने कार्यक्रममा २९ जना बालबालिकाले अन्तिम चरणमा प्रतिस्पर्धा गर्नेछन्।

आयोजकका अनुसार प्रतियोगिताको उद्देश्य बालबालिकामा आत्मविश्वास, प्रस्तुतीकरण कला, नेतृत्व क्षमता र सामाजिक सहभागिता विकास गर्नु हो। फिनालेमा सहभागीहरूले ट्यालेन्ट शो, क्याटवाक, संवाद तथा प्रश्नोत्तर चरणमार्फत आफ्नो प्रतिभा प्रस्तुत गर्नेछन्। नेपाली संस्कृति र पोशाकमा आधारित प्रस्तुतीले कार्यक्रमलाई थप आकर्षक बनाउने आयोजकहरूको भनाइ छ।

कार्यक्रममा विशिष्ट अतिथिहरूको उपस्थिति रहनेछ भने प्रत्यक्ष प्रसारण फेवा टेलिभिजन र हेभनली इभेन्टको फेसबुक पेजमार्फत गरिनेछ। आयोजक प्रमुख सफल सुवेदीले सबै पोखरेली दर्शकहरूलाई बाल प्रतिभाको सम्मान र समर्थनका लागि कार्यक्रममा उपस्थित भइदिन आग्रह गरेका छन्। विजेताहरूलाई ट्रफी, प्रमाणपत्र र विभिन्न पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगिताले बालबालिकाको व्यक्तित्व विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास आयोजकको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *