अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ कोदारी इको भन्ने स्थानमा रहेको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरोकारवालाहरूले माग गरेका छन् ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङसँग सरोकारवालाहरूले यस्तो माग गरेका हुन् ।
वडाध्यक्ष कुमार श्रेष्ठको टोलीले मन्त्री घिसिङसँग भेट्दै हरेक वर्ष दशैंको मुखमा व्यापारी र यात्रु यो सडकका कारण मर्कामा परेको गुनासो गरेको छ ।
यो सडकमा हुने सास्तीले तातोपानी नाका हुँदै हुने नेपाल–चीन व्यापार प्रभावित हुने गरेको छ ।