पोखरा । बुहप्रतिक्षित चलचित्र ‘बलिदान’ को बुधबार टिजर सार्वजानिक गरिएको छ । चलचित्रका मुख्य अभिनेता समीर भट्टको जन्मदिनको अवसरमा निर्माताले टिजर सार्वजानिक गरेका हुन् ।

यो एक्सनप्रधान टिजरले दमदार एक्सनका दृश्यसहित देशभक्तिपूर्ण भावनाले भरिएको न्यारेसन सुन्न सकिन्छ । टिजरमा भनिएको छ, ‘देशको चिन्ता । माटोले खोज्दै छ जसलाई, जन्माइन आमाले उसलाई । रगत उम्लियो जसको । आमाको पिर, यो देशको शिर, कहिल्यै झुक्न नदिने सपुत हुँ म ।’ भिडियोको अन्त्यमा भट्टको आक्रोशपूर्ण चिच्याहटले दृश्यलाई अझ प्रभावशाली बनाएको छ ।

दशैंको फूलपातिमा प्रदर्शन तयारीमा रहेका फिल्ममा सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीको पनि अभिनय छ । आसुसेन फिल्म्स् प्रालिको प्रस्तुति रहेको फिल्मलाई सन्तोष सेनले निर्देशन गरेका छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *