पोखरा । ‘पूर्णबहादुरको सारंगी’का निर्माता प्याट्रिक सुवेदी र रमेश ढकालले नयाँ फिल्म ‘चुल्हे निम्तो’ निर्माणको घोषणा गरेका छन् ।
‘घोषणा पोस्टर’मा फिल्मको लोगो, रङ, निर्माता र निर्देशकबारे उल्लेख गरिएको छ ।

फिल्मलाई दीप वलीले निर्देशन गर्दैछन् । वलीले यसअघि पण्डित बाजेको लौरी, कुम्भकरण, कृष्णलीला निर्देशन गरेका छन् ।

आगामी तिहार लगत्तै छायांकन हुने तयारीमा रहेको यो नेपाली ग्रामिण समाजको कथावस्तुमा बनेको कमेडी शैलीको रहने जनाइएको छ ।
कलाकार तय नभैसकेको यो फिल्मलाई सुवेदी र ढकालको चर्चित अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिज इन्टरनेसनलले निर्माण गर्न लागेको हो ।

वितरणसँगै यो कम्पनीले ‘चुले निम्तो’बाट निर्माण कार्य पनि अघि बढाएको छ । चाँडै नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय ओटीटी प्लाटफर्ममा रिलिज गर्ने पनि कम्पनीको तयारी छ । फिल्मलाई गोरखा, रोल्पा, पाल्पा, रसुवामा छायांकन गर्ने तयारी छ । बजेट २ करोड बताइएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *