

काठमाडौं – निर्माणको चरणमा रहेको नेपाली चलचित्र ‘माया प्रीति’मा अभिनेता आशीर्वाद क्षेत्रीको पनि अभिनय रहने निर्माण टिमले जनाएको छ । यो चलचित्रमा आशीर्वादको साथमा अभिनेत्री दिव्या रायमाझी प्रमुख भूमिका रहने निर्देशक अभि श्रेष्ठले पुष्टि गरे ।
केही समयदेखि कार्यशालामा रहेको यो चलचित्र वन टु थ्री स्टुडियोज प्रा.लि.को ब्यानरमा निर्माण हुँदैछ । छायाङ्कनका लागि तयारीको अन्तिम चरणमा रहेको यसको छायाङ्कन निर्देशन श्याम तामाङले गर्नेछन् ।


एक समयको चर्चित टेलिभिजन शो ‘प्ले इट अन’का समूहद्वारा निर्माण हुन लागेको ‘माया प्रीति’लाई प्राविधिक, क्रियटिभ र व्यवस्थापनमा अनुभव भएका टिमले निर्माण गरिरहेको हुँदा यसलाई एक प्रतीक्षित चलचित्रको रूपमा हेरिएको छ ।
