

पोखरा । फिल्म ‘एक्लो’ मा अभिनीत अभिनेत्री दिया पुनको क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ। साइन्स फिक्सन जनरामा आधारित फिल्मको पोस्टरमा अभिनेत्री दियाको नाम एस्ट्रोनट पुन लेखिएको छ। हाल फिल्मको लण्डनमा पोस्ट प्रोडक्सनको कार्य भईरहेको छ।
फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डिसी, कविता नेपाली, सुरज सिङ ठकुरी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकरी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ र बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह, बेलायती अभिनेता जेमी बेकनलगायत कलाकारको अभिनय छ। फिल्मका निर्देशक प्रदीप शाही हुन्।
